शरीर बेच्नुभन्दा ठगी गर्नु बेश ठान्ने महिलाहरु घर–घरबाट सहयोग बटुल्दै

40

राजु विके

रुपन्देही, भदौ ५ गते ।
दुई महिलाहरु तिलोत्तमा नगरपालिकामा घर–घरबाट सहयोग संकलन गर्दै हिडेका छन् । उनीहरु यस जिल्लाका नभइ सर्लाही जिल्लाबाट आएको देखिन्छ । हातमा क्लियर ब्याग छ । क्लियर ब्यागभित्र सिफारिश पत्र छ । आफ्नो समस्या बताउँदै सहयोगको याचना गर्न बाध्य भएकी महिलाले आफ्ना नाम नसिरा देवी बताउँछिन् । उनको भनाई अनुसार उनी मात्र २४ वर्षकी हुन् र उनको ३० वर्षीय श्रीमान अहिले भरतपुरको चितवन मेडिकल कलेजमा उपचारको क्रममा भर्ना गरिएका छन् ।

नसिरा देवीसँगै अर्की महिला पनि छन् । उनीहरु सँगै एउटै समूहमा भए पनि छुट्टा छुट्टै फरक फरक घरमा पस्दै सहयोग मागीरहेका छन् । यसै क्रममा उनीहरु तिलोत्तमा नगरपालिका वडा न. २ को श्रीपशुपतिपथमा सहयोग माग्दै आइपुगे । नसिरा देवी याम कुमारी सुनारको घर अगाडि आएर उभिइन् । ‘‘दिदी आउनु न……..ओ दिदी आउनु न’’ दबिएको स्वरमा सुस्तरी ढोकातिर हेर्दै घरका मान्छेलाई बाहिर आउन आग्रह गरिन् ।

नसिराले ३/४ पटक बोलाएपछि घरकी बुहारी रमा विकेले बाहिर निस्किएर के भयो भन्दै अपरिचित महिलासँग जिज्ञासा राखिन् ।
‘‘घर बाढीले बगायो । चन्दा माग्न आएको’’ अपरिचित महिलाले आफ्नो प्रयोजन बताइन् । यसरी आपत विपदमा परेकालाई सहयोग गर्नुपर्छ भन्ने लागेपछि घरकी बुहारी भित्रबाट आफुले पहिरिने साडी, ब्लाउज, पेटीकोट लगायतका कपडाहरु ल्याएर अपरिचित महिलालाई दिइन् । घरकी अर्की कान्छी बुहारीले पनि त्यसरी नै आफुले लगाउने लुगाहरु ल्याएर दिइन् । खाना नखाको भए खाना पाक्दै छ, खाना खाएर जानुहोला भन्दै घरकी जेठी बुहारीले आग्रहसमेत गरिन् । आग्रहलाई सम्मान गर्दै नसिरा देवीले खाना खाएरै जाने मुड बनाउँछिन् र बरान्दामा बस्छिन् ।
त्यही खाना कुर्दै गर्दाको क्रममा सोधपुछ गर्दै जांदा नसिरादेवीले आफ्नो पीडा क्रमशः खोल्न थाल्छिन् ।

‘‘मेरो सासु मरिन्, पाँच वर्षकी छोरी मरी, २ ओटा बकरा, एक ओटा भैंसी, भांडाकुडा, कपडा सबै बाढीले बगायो । सत्र घर बगायो । मेरो श्रीमानले बचाउन जांदा उनको हात, खुट्टा, करङ्गको हाड भांचियो । जनकपुर लगियो उपचार गराउन, त्यहाँ सकेन । भरतपुर पठायो ।’’ दबिएको स्वरमा नसिरा बोल्दै गइन् ।
दबिएको त्यो स्वरसँगै उनको चेहरा हेर्दा भोक, अनिद्रा अनि समस्याले गलस्त पारेको आभास भइरहेको थियो ।
सर्लाही जिल्लामा घर छ । सहयोग माग्न यती टाढा किन आएको? वडा कार्यालय, सरकारले सहयोग गरेन? प्रश्न गरें मैले ।
‘‘चामल, दाल, कपडा, तिरपाल अनि दश–दश हजार दियो ।’’ उनले बताइन् ।
कति घर बगायो, कति जना मरे बाढीमा ? मैले थप प्रश्न गरें ।

‘‘सत्र घर बगायो । म त माइत गाथें । रातिको बेलामा बाढी आएको । धेरै जना हराए ।’’ उनी पूर्ण आत्मविश्वासका साथ प्रश्नको जवाफ तुरुन्त दिन्छिन् । नसिरालाई प्रश्नको जवाफ दिनलाई केही बेर सोच्न समय लिन पर्दैन्थ्यो ।

‘‘खाना भन्नु भथ्यो ।’’ कुराकानीकै क्रममा नसिराले खानाको कुरा झिकिन् । उनीलाई खाना पाक्दै गरेको जानकारी दिइन्छ ।
‘‘म अर्काे घरमा चन्दा माग्छु । अहिले आएर खान्छु है ।’’ नसिराले खाना पाक्दै गरेको थाहा पाएपछि अर्काे घर सहयोग माग्न जाने र एकछिन पछि आएर खाने सोच बनाइन् । उनी उठिन् । वनवाटिकाको बाटोतर्फ लागिन् ।

वास्तविकता अर्कै
मैले मोबाइलमा उनीसँग भएको सिफारिश पत्रको फोटो खिचेर राखेको थिएँ । नसिरा ओझेल भएपछि मैले मोबाइलको ग्यालरी खोलेर सिफारिश पत्र हेरें । कबिलासी नगरपालिका, जिल्ला सर्लाही वडा न. ७ लेखिएको सरकारी लेटर पैड अनुसार kawilasimun.gov.np साइट खोलें ।

वडा अध्यक्षको फोन नम्बर खोजी गरें । ७ न. वडा कार्यालयका अध्यक्ष प्रभु रायसँग फोन सम्पर्क पनि भयो । रायले दिएको जानकारी अनुसार वर्षायाम सामान्य भेल आउने, पानी जम्मा हुने त भइ हाल्छ । आफ्नो गाउँ टोलमा कोही पनि घर, मान्छे बाढीले नबगाएको अध्यक्ष रायले बताए । र।यले ती महिला बरही हुनुपर्छ भने ।

केही समूहले यसरी नै आफु समस्यामा परेको भन्दै माग्दै हिड्ने गरेको र आफुले कसैलाई यस्तो सिफारिश पत्र जारी नगरेको रायले बताए । नसिराले आफ्नो गाउँ नजिक बाग्मती खोला रहेको, त्यसको पुल हिडेर तर्न मात्रै २ घण्टा लाग्ने बताएकी थिइन् । यही कुरा अध्यक्ष रायलाई बताउँदा उनी गलल्ल हांसे । आफ्नो गाउँमा सानो खोला रहेको । कोही पनि नमरेको, सबै सामान्य रहेको उनले बताए । नकली रिफारिश पत्र बनाएर सहयोग माग्दै हिड्ने त्यस्तालाई प्रहरीको जिम्मा लाउन समेत रायले आग्रह गरे । खाना तयार हुँदासम्म अरु घरमा गएर सहयोग संकलन गर्छु अनि एकछिन्मा आएर खाना खान्छु भनेर हिडेकी नसिरा खाना खान भने फर्किनन् । उनको झुट अब पर्दाफाश हुन्छ भनेर उनीलाई थाहा भइसकेपछि उनी खाना खान आइनन् ।

वास्तवमा काटेको, ढांटेको र फाटेको लुकाएर कहिल्यै लुक्दैन । नसिरा बरही युवा अवस्थाकी महिला हुन् । सौन्दर्य र यौवन उनको गहना नभएको होइन । उनी होटेल गएर, परपुरुषगमन गरेर, कल गर्लको पेशा अपनाउँदै शरीर बेचेर पैसा कमाउन सक्थिन् । तर त्यसो नगरेर यसरी ठगीको पेशा अपनाइन् । नसिरा बरहीलाई शरीर बेच्न हुन्न, नारी मर्यादामा बस्नु पर्छ भन्ने आधारभूत हेक्का र चेत भने छ । परन्तु केही युवा अवस्थाका महिलाहरु विदेशिएका श्रीमानलाई छल्दै परपुरुषगमन गर्न पछि पर्दैनन् । फोनकै भरमा कल गर्लको भूमिका खेल्दै जीवन यात्रालाई अघि बढाउने महिला वा युवतीहरु धेरै छन् । केही महिलाहरु त यौन सुखका लागि आफ्नै सहोदर दिदी बहिनीको घरबारसमेत बिगार्न पछि पर्दैनन् ।

अश्लिल भिडियो बनाएर पैसा कमाउने, आफ्नो श्रीमानसँग राम्रो सम्बन्ध नरहेको, भावना नमिलेको बताउँदै अन्य पुरुषलाई पतिको दर्जा र अधिकार दिने महिलाहरु समाजमा बढ्न थालेका छन् । केही महिलाको ४÷५ ओटा श्रीमान रहेको समेत समाचार मार्फत बाहिरिएको छ । केही धुर्त, चतुर महिलाले आफ्नो श्रीमानलाई घरबाहिर निस्किन नदिने, आफुले अन्य पुरुषसँग अश्लिल भिडियो बनाउने, सांचो प्रेम गर्छु भन्दै धेरै पुरुषसँग सम्बन्ध कायम राख्ने र धनाढ्य पुरुष तथा महिलालाई बाबा, मम्मीको दर्जा दिने अथवा अन्य पुरुषको श्रीमतीको कर्तव्य पुरा गर्ने गर्दछन् । आफ्नो सुख र स्वार्थका लागि यसरी गलत बाटो हिड्ने महिलाहरुको उदाहरण प्रस्तुत गरेर नसिरा बरही निर्दाेष र नैतिकताको चरित्र भएको भन्न खोजिएको होइन ।

फेक सिफारिश पत्र बनाएर सहयोग माग्दै हिड्नु पनि कानूनविरोधी क्रियाकलाप नै हो । सबैले स्वदेशमै स्वरोजगार पाउन सके यस्ता अनैतिक र गैरकानूनी बुद्धि खेलाउन बाध्य हुनु पर्दैन्थ्यो । सरकारले पनि आफ्नो दायित्व पुरा गर्न सके असामाजिक र अमर्यादित अभ्यासहरु विस्थापित हुन सक्दछ । हातखुट्टा सही सलामत छंदा पर्यन्त मिहेनत श्रम गरेर खानुलाई नै उत्तम कर्तव्य मानिन्छ । यस्ता ठगी गर्नेहरुको आधारमा यथार्थमै समस्यामा परेका मानिसहरु तपाई हाम्रो सहयोगबाट वञ्चित हुनुहुँदैन भन्ने कुरामा पनि हामी उत्तिकै सजग रहनुपर्दछ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg