दृश्यावलोकन गर्ने टावर होइन, आत्मावलोकन गर्ने चेतनारुपी टावर बनोस्

55

अस्ति रोल्पाको ६ करोडको भिउ टावर भूपू प्रम प्रचण्डद्वारा समुद्घाटनको लगत्तै आज तिलोत्तमा वनबाटिकामा ११ करोडको भिउ टावर भूपू प्रम ओलि ज्यूद्वारा  समुद्घाटन हुने कुराले निकै चर्चा पाएकोले नजिकै घर भएको कारण म पनि उतै थिएँ । प्रम लगायत बिभिन्न पार्टीसँग संस्थाका ब्यक्तित्वहरुले भिउ टावरको बारेमा निकै गर्भिला कुराहरु पस्कदै थिए । उनीहरुको भाषण अनुसार त्यस उद्घाटन गरिएको भ्यू टावरमा होटेल छ, टपमा  शक्तिशाली दुर्बिन छ । यसले  यो  क्षेत्रको विकासमा  राम्रो टेवा पुग्छ । पर्यटन, आम्दानी र वातावरणको सौन्दर्य प्रवद्र्धन गर्छ आदि आदि जस्ता कर्णप्रिय कुरा प्रतिबिम्बित भइरहेको थियो । म छेउमा बसेर सुन्दै मनन गर्दै  थिएँ । यदि करोडौं खर्च गरेर बनाइएको टावरमा  राखिएको शक्तिशाली दुर्बिनको प्रयोगले वरिपरिको दृश्य अवोलोकन नै गर्नु थियो भने हिल पार्कको डाँडाबाट त्यही शक्तिशाली दुर्विनद्वारा अबोलोकन गरे भैगो त ! यो पैसाले त  राम्रो अस्पताल बन्ने थियो जसमा  हजारौले निशुल्क उपचार पाउँथे । मैले गूगल सर्चमा  भेटे अनुसार नेपालमा ५०० भन्दा बढी करोडौ खर्च गरेर बनाइएका यस्तै भिउ टावर  छन् । जुन प्रायः पहाडको खोच या खेत/बारिको बिचमा निर्माण  गरिएका छन् । पहाडको खोचमा टावर बनाउनु भन्दा पहाडको चुचुराबाट दृश्यावलोकन गरे भैगो त । खेतको बिचमा बनाउनु अर्थहीन नै हो। देशमा एउटा गतिलो स्कुल, कलेजको अभावले अध्ययन गर्न  इच्छुक कैयन युवा बिदेशी भूमिमा गुलामी गरिरहेका छन् भने लाखौ युवक पासपोर्ट बनाएर खाडी मुलुकको भिसा कुरिरहेका छन् । यहाँ एउटा गतिलो अस्तपाल नभएर साधारण बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् । बिहान बेलुका  छाक टार्न मुश्किल रोल्पाको गाउँमा बनाइएको ६ करोडको भिउ टावरले जनतालाई गिज्याइरहेछ ।फोटोमा देखाए भन्दा सयौंको संख्यामा यस्ता टावरले खल्तिमा १०० रुपिया नभएर श्रीमतीको पेटिकोट फेर्न नस्कने स्थिति बाट गुज्री रहेका गरिब जनतालाई गिज्याइरहेछ।

गाउँ गाउँमा  सिंहदरबार भन्दै स्थानीय सरकारको बजेट सिंहको आहारा बनाइएको, विजन नभएका अनपढ पैसाको बलमा चुनाव जितेर कुर्सि सम्हालेका तर देश र जनताको आर्थिक उन्नति कसरि गर्नु पर्छ भन्ने  हेक्का  समेत नभएका अदूरदर्शी नेताद्वारा भिउ टावर बनाउनु भनेको मुखमा लाउने  माड छैन केजाति लाई जाइफल भने जस्तै हुन गएको प्रामाणित भएको छ। नेताहरु टोल टोलमा पानी बिजुली, कालोपत्रे सडक पुगेको दाबी गर्दै गर्दा पल्लो टोलको रामे बिजुलीको पोल र खानेपानीको पाइप।धारा माग्न वार्ड र खानेपानी अफिस धाएको ५ महिना भएको सुनाउँछ र पनि उसले ढकाल दाइको घरबाट पानी बिजुली लिएर काम चलाएको बताउँछ ।

भिउ टावर पनि बनोस तर भ्यु टावर लाई ३ अरब ! मन्दिर लाई १ अरब !! जनतालाई साउदी अरब नहोस ।  अत्याश्यक स्कुल, कलेज अस्पताल, पार्क, बाटो घाटो बिजुली पानीको अभाव र समस्या नहोस् । जनताको करबाट उठेको करोडौ पैसाबाट अनावश्यक टावर नबनाइयोस् । नेताको लागि हाइफाइ गाडी नकिनियोस् । गणतन्त्र त आयो  खै कहाँ आयो नहोस् । यस्तो  समय नआओस् कि युवालाई देशको भन्दा परदेशको माया बढी लागोस् । हामी कता जांदै छौं समयमै चेत खुलोस् । लिएको ऋण तिर्ने पैसा  नहुँदा, निर्यात गर्ने श्रोत, साधन नहुँदा, आयात गर्ने डलर नहुँदा श्रीलंका टाट पल्टेर भोकमरीको चुङलमा परेको ज्वलन्त उदाहरण  हाम्रो  सामुन्ने छ । अब पनि हामी चेतेनौ भने श्रीलंकाको स्थिति नआउला भन्न  सकिन्न।

देशलाई औधि माया गरेको नाटक गर्ने तर देशको बेवास्ता गरि आफु र आफ्नालाई मात्र बनाउने प्रवृत्ति कहिलेसम्म ?

जे होस् टावर पनि बनोस्, स्कुल, कलेज, अस्पताल, बाटो, बिजुली, पानी, सुलभ दरमा मिलाउने प्रबन्ध पनि होस् । समृद्ध नेपाल र सुखी नेपालीको चाहना छिटै पुरा होस् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg