कलाको सम्मानमा सदैव अगाडि छु : पूर्व अर्थमन्त्री पौडेल

8

 बुटवल। नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा संचालित लुम्बिनी डान्स आइकोनको तीन दिने प्रशिक्षण आइतबार बुटवलमा सम्पन्न भएको छ । रुपन्देही जिल्लाको बुटवल र तिलोत्तमा क्षेत्रबाट सहभागी १ हजार जना प्रतियोगिबाट छनौट भएका ३ सय ५० जना प्रतियोगिहरुलाई यही साउन १३, १४ र १५ गते प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणको पुर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का साँसद विष्णु पौडेलको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

 

समापन कार्यक्रममा बोल्दै साँसद पौडेलले कला र संस्कृति समाजको ऐना भएको बताउदै यस कार्यक्रमले पनि समाजलाई कलाको माध्यमबाट सकारात्मक बाटोमा लैजान सक्ने कलाकर्मीहरुको छनौट गर्ने कुरामा बिश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश कला संस्कृतिको धनी प्रदेश रहेको बताउदै उनले यस कार्यक्रमले यस प्रदेशलाई झनै गौरवान्वित बनाएको बताए । कलाको सम्मान हरेक समाजले गर्नुपर्ने बताउदै जुनसुकै परिस्थितिमा पनि आफु कलाको सम्मानका लागि अघि बढेको समेत उनले बताए । तीन दिन सम्म संचालित उक्त प्रशिक्षण कार्यक्रममा सुमन मार्फा तामा· र भावना कार्कीले प्रशिक्षण दिएका थिए ।

 

कार्यक्रममा नृत्य कर्मी संघ का केन्द्रिय उपाध्यक्ष प्रदीपमान श्रेष्ठ, सचिव तथा प्रबक्ता ऋषिकेश श्रेष्ठ, डान्सर असिम श्रेष्ठ, कार्यक्रम संयोजक सुन्दर गुरुङ, सदस्य हरु माइकल देव दर्लामी, सल्लाहकार मनिष पन्थ लगायत अभिवावकहरुसहित ३०० जना बढीको उपस्थिती रहेको थियो । कार्यक्रम नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षता, महिला उपाध्यक्ष मिना बुढाथोकीको स्वागत र संचारकर्मी तथा पत्रकार सुमन श्रेष्ठको संचलनमा सम्पन्न भएको थियो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थिहरुको आउदो साउन २१ गते नबिन औद्योगिक कदर बहादुर रिता मावी देवीनगरमा सेलेक्ट राउण्ड सम्पन्न हुने आयोजक संस्थाका अध्यक्ष लोकेन्द्र शाहले बताए ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg