श्रावण मासमा कुन रोगको लागि गर्ने कुन उपाय ?

127

शिव पुराणमा श्रावणको शुभ समयका लागि केही अचूक उपायहरु बताइएका छन् । प्रत्येक जातकले आफ्नो जन्म कुण्डलीमा ग्रहहरुको शुभाशुभ स्थिति अनुसार शिवलिङ्गको पूजा गर्नु पर्दछ । ग्रहसँग सम्बन्धित कष्ट र रोगहरुका लागि निम्न उपाय अपनाउनुहोस् :

सूर्यसँग सम्बन्धित कष्ट, शिरदर्द, नेत्र रोग, अस्थि रोग आदि छ भने श्रावण मासमा शिवलिङ्गको पूजा आँकको पुष्प, पात एवं बेलपत्रले गर्दा यी रोगहरुमा आराम मिल्छ ।

चन्द्रमासँग सम्बन्धित बिमारी या कष्ट जस्तै रुघा–खोकी, मानसिक समस्या, रक्तचापको समस्या आदि छ भने शिवलिङ्गको रुद्री पाठ गर्दै कालो तिल मिश्रित दूधको धारले रुद्राभिषेक गर्ने हो भने आराम मिल्छ ।

मंगलसँग सम्बन्धित बिमारी जस्तै रक्तदोष छ भने अमृत वल्ली, जडीबूटीको रस आदिले शिवलिङ्गको अभिषेक गरेमा आराम मिल्छ ।

बुद्धसँग सम्बन्धित बिमारीहरु जस्तै चर्म रोग, मृगौलाको रोग आदि छ भने जडीबुटीको रसले अभिषेक गरे आराम मिल्छ ।

बृहस्पतिसँग सम्बन्धित बिमारी जस्तै बोसो, आँत वा कलेजोको रोगमा शिवलिङ्गमा बेसार मिश्रित दूधले अभिषेक गर्दा आराम मिल्छ ।

शुक्रसँग सम्बन्धित बिमारी जस्तै वीर्यको कमी, गुप्ताङ्गको बिमारी, शारीरिक शक्तिमा कमी छ भने पञ्चामृत, मह र घिउले शिवलिङ्गको अभिषेक गरेमा आराम मिल्छ ।

शनिसँग सम्बन्धित रोगहरु जस्तै मांसपेशीमा दर्द, जोर्नीमा दर्द, वाथ रोग आदि छ भने उखुको रस र दहीपानीले शिवलिङ्गको अभिषेक गरे आराम मिल्छ ।

राहुकेतुसँग सम्बन्धित बिमारी जस्तै रिंगटा लाग्नु, मानसिक समस्या आदिको लागि माथि उल्लेखित सबै सामग्री अतिरिक्त मृत संजीवनीको सवा लाख जप गरेर भांग धतुरोले शिवलिङ्गको अभिषेक गर्ने हो भने शान्ति मिल्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg