आजको राशिफल

120

आज वि.सं. २०७५, श्रावण ३ गते बिहीबार तदनुसार ई.सं. २०१८ जुलाई १९ तारिख, सूर्य दक्षिणायन, वर्षा ऋतु ।

मेष राशि : आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् , तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईको तर्क र वितर्कको सराहना गर्ने छन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दनि गएको पत्तो पाउनुहुनेछैन । आफन्त वा मित्रले आज अप्रत्याशित रुपमा सहयोग गर्नेछन् । प्रेमी प्रेमिका वा जीवनसाथीसँगको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुुन्छ ।

वृश राशिः आजको चिन्तन र उपायले काम गर्न सक्छ । बिगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । ज्ञानगुणका कार्यमा सक्रिय भइने छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका मार्गहरु खुल्ला रहनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरुसँग मनोरञ्जन गर्ने अवसर जुर्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । अभिप्रेरणा जगाउनेहरु प्रशस्त भेटिनेछन् ।

मिथुन राशिः आज चतुर्थ भावमा रहेको चन्द्रमाले घरगृहस्थीका झिनामसिना काममा खट्ने प्रेरणा प्रदान गर्नेछ छ । छरछिमेकी वा साथीभाइका क्रियाकलाप देखेर दिक्क मान्न सकिन्छ । कुनै किसिमाको झैझगडा र वादविवाद हानिकारक भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध वा रागात्मक मनोभावनाका कारण समेत निराशा हुनेछ । भाइबहिनी र सन्तानपक्षका समस्या र क्रियाकलापसमेत चित्त बुझ्दो हुँदैन । मनोरञ्जन वा खेलबाडले बेफाइदा हुनसक्छ । तर परदेशमा बस्ने वा वैदेशिक रोजगारी गर्नेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । मातापिता वा अभिभावकसँग कुरा गरेर खैखबर लिनु उचित हुनेछ ।

कर्कट राशिः आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुशीको खबर प्राप्त हुने सम्भावना छ ।विद्वान प्राज्ञिक व्यक्तिहरुसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरुसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ ।बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

सिंह राशि ः धन स्थानमा क्षीण चन्द्रमाको उपस्थिति छ । धन स्थानको क्षीण चन्द्रमाको प्रभावले कामको दायित्व र चाप बढ्ने छ । छरछिमेकी वा इष्टमित्रको जिम्मेवारी बहन गर्नुपर्नेछ । नयाँ काममा हात हाल्नु यति राम्रो छैन तर गरिआएका काममा फाइदा नै हुन्छ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । दैनिक आम्दानीका मार्गमा वृद्धि हुनेछ । मानप्रतिष्ठा र ख्यातिमा आघात पुग्ने काम गर्नु हुँदैन । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । तर समय निकाल्न धौधौ हुनेछ । जस नपाएपनि छरछिमेकी, कुटुम्ब वा नातागोताका काममा संलग्न हुनुपर्ने दिन छ ।

कन्या राशिः आज कल्पना र भावुकतामा मन रुमल्लिने छ । तर साथीभाइ र परिवारका सदस्यहरुले समेत तपाईको भावना बुझ्न सक्दैनन् । व्यापारिक वा दैनिक कामहरुबाट सामान्यतया लाभ नै हुने देखिन्छ । मन उत्ताउलो बन्नेछ र निर्णयक्षमतामा कमी आउन सक्छ । यद्यपि रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नेपर्ने देखिन्छ । घरभित्र झिनामसिना समस्या देखिन सक्छन् । दिक्कलाग्दोे यात्रा हुन सक्छ । अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । खानपिनको समयमा फेरबदल हुन सक्छ । घरिघरि निराशाभाव हाबी भएपनि समग्रमा राम्रै दिन छ ।

तुला राशि ः खर्च वृद्धि हुने समय चल्दैछ । बाह्रौं भावको चन्द्रमाका कारण काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । उता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नयाँ कामका निमित्त शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ । यात्रामा पनि झमेला आउनसक्छ, सवारी साधन चलाउँदा वा बाटो काट्दा होश राख्नुपर्छ । स्वास्थ्यमा पनि अनुकूलता देखिदैन । खानपिनमा नियन्त्रण गर्नु राम्रो हो । मन नपरेको खबर स्ुन्ने योग छ । साथै नकारात्मक भावनाले दुःखित बनाउन सक्छ ।त्यस्तै चिन्ता र शंका पनि आजका शत्रु हुन् ।अतः मानसिक तनाव बढ्नाले मनमा दोधारको अवस्था सिर्जना हुनेछ ।

वृश्चिक राशिः आत्मबल बढ्ने छ । राज्यपक्षबाट काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिनेछ । शत्रुहरु पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीवर्चन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । व्यापार, पेशा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।धार्मिक, सामाजिक र सांस्कृति सभासमारोहमा सरिक हुने र लाभ लिज सकिने समय छ । लाभदायक यात्राको सम्भावनालाई पनि नकार्न सकिदैन ।

धनु राशि: पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्ने छ । हाकिम वा अभिभावकका विचारले प्रभावित तुल्याउन सक्छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसित भेटघाट हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कर्मक्षेत्रमा मिहेनतका साथ खट्ने समय छ । बन्दव्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ ।स्वास्थ्य सबल रहने छ । पारिवारिक सम्बन्ध् सामान्य ढंगले अघि बढ्ने छ । मायाप्रीति र रसरङ्गमा आकर्षण देखिदैन ।

मकर राशिः आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र वृद्धवृद्धाको सहयोग गर्नाले भाग्य अभिवृद्धिमा सहयोग पुग्ने छ ।पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाम मिल्ने देखिन्छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्ने छ ।बन्दव्यापारमा लाभ मिल्ने छ । प्रतिभाको कदर हुने छ ।नयाँ ज्ञान प्राप्त हुने समय छ । घरपरिवारमा खुशीको वातावरण सिर्जना हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुने छ ।ठूलाबडाको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।परोपकारी समय हो , प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि: झिनामसिना र सानातिना घरायसी कामहरुमा आजको समय व्यतीत हुनेछ । आठौं घरमा चन्द्रमा रहेको छ तर राशिमा शुभग्रहको दृष्टि रहेकाले समस्या देखेर भाग्नु हुँदैन , सफलता तपाईको मुट्ठीमा छ नत्र पछुतो हुन सक्छ । दीर्घकालीक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो छ । मिहिनेत र परिश्रमको भरमा गरिएको कामबाट लाभ हुनेछ । समग्रमा प्रयास गरेमा धन, धर्म र भाग्यबल स्थापना गर्ने राम्रो मौका छ । छात्रछात्राले चाहेको उपलब्धि प्राप्त गर्न सक्नेछन् तर प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । स्वास्थ्य पक्षमा देखिएको कमजोरी क्रमशः हट्दै जाने छ ।

मीन राशिः अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अभिभावक वर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुन्छ । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी हुने छैन ।
प्रस्तुतिः ज्योतिष शास्त्रि कृष्ण प्रसाद कोइराला, ९८१४३४८१११

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg