यसरी छछल्कियो रविना बादीको हृदयको माया (विडियो)

255

सफल भनौ कि असफल अथवा सफलता र विफलताकोे मिश्रण, मुस्कान र आँसुको संगम, विछोड र मिलनको जिउँदो सँघार, हजुर एकदमै अनौठो व्यक्तित्व धारण गरेकी रबिना बादीले पहिलो विवाह गरिन्, परिवार टुट्यो, दोस्रो विवाह गरिन् त्यो पनि टिकेन अब शायद तेस्रो विवाहको योजना पनि बनाउलिन् । स्वर्ग, नर्क देखेर उहि जिन्दगीमा फर्किन् । उनको स्वरमा माधुर्यता, मुहारमा निर्दाेषपना, बोल्ने शब्दमा साहित्य, पोखिने मनका कुराहरुमा चस्चस्ति दुख्ने व्यथा । कोपिला जस्तो देखिन्छिन् तर होइन, उनी त फक्रीसकेको फुल भएको प्रमाण बोकेर पो हिड्दछिन् । सुन्दा कठैबरी, हेर्दा माया नै माया छछल्किने स्रोत । जे खोजेनि पाइने, संसार बोकेकी उनी तर भारी भने कत्ति छैनन् बरु हावामा उडीदिने कोमल रुइजस्ती ।

समयनै मलहम बनेर जति ठूलो घाउपनि निको पारीदिदोरहेछ । हिजोका दिनमा रोएरै सामाजिक सञ्जालमा देखिनेगरेकी उनै रविना आज मुखमा च्वींगम चपाउदै, खुशी मुस्कान मुखभरी छर्दै, सेता सेता ती दाँतका पंक्ति देखाउँदै गरेकी देखिन्छन् । उनकोलागि संसार परिवर्तन भएन तर उनी नै यसरी परिवर्तन भइन् कि उनको लागि नयाँ संसार सृजना हुन गएको छ । उनको घाइते मनको साहित्य सफल हुन नसेकका भनौ वा केही समयलाई भएपनि सफलताको शिखर चढेका भनौ, ती प्रेमी जोडाहरुको लागि सुन्न योग्य छ ।हजुर उनै रविनाका आज हृदयमा लुकेका प्रेम र मायाको प्रसंग यसरी छछल्किएको छ :

‘‘हृदयबाट गरेको माया को कहिलै अन्त्य हुँदैन । कसैलाई पहिलो माया होइन साँचो माया गर्नुस् साँच्चै खुशी हुने छन् । जिन्दगीमा धेरै प्रगति गर्नुछ , सरी लबसब गर्ने समयमनै छैन , भन्छन् कति धेरै मान्छेहरु तर मायाले पनि एकदिन साथ छोडी दिन्छ । जिन्दगीमा कसैले विश्वास तोडी दिन्छ । जिन्दगी जिउनु छ भने यदि, गुलाबसँग सिक्नुहोस् साथी जसले आफै टुटेर अरु दुई मुटुहरु जोडी दिन्छ………….. ।’’

बाँकी रहेका अरु शब्दरुपी मनका सबै भाव थाहा पाउन हेरांै यो विडियो :

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg