अब मानिसको शरीरमा धड्किन्छ प्रिन्टेड 3D दिल, वैज्ञानिकले गरे नयाँ आविष्कार

72

नयाँ दिल्ली : वैज्ञानिकहरु प्रत्येक दिन नयाँ–नयाँ शोधहरु बाहिर ल्याउन सफलता प्राप्त गर्दैछन् । यसै क्रममा उनीहरुले यस्तो सफलता हासिल गरेका छन् जसको कल्पना गर्न पनि गाह्रो छ । टल अविव विश्वविद्यालयका वैज्ञानिकहरुको एक टिमले मानिसको रगत सेम्पल र कोशिकाहरु प्रयोग गरेर विश्वकै पहिलो 3D प्रिन्टेड दिल बनाएका छन् । रिपोर्ट अनुसार यस विशिष्ट प्रोजेक्टको नेतृत्व प्रोफेसर ताल दविरले गरे । मिडियासँग उनले भने यो पहिलो मौका हो जब 3D मुटु बनाउनका लागि मानिसको कोशिका र रक्त वाहिकाहरु प्रयोग भएका हुन् ।

यस अघि पनि थ्रि डी प्रिन्टेड मुटु बनाउन सफलता प्राप्त नभएको होइन तर मानवाङ्ग कोशिका र रगत उपयोग गरेर यस्तो पहिला कहिल्यै भएको थिएन । यो इतिहासमै प्रथम पटक हो कि कुनै टिमले कोशिका, रक्त वाहिका र वेन्ट्रिकलसँग कार्य गरेर सफलतापूर्वक अपेक्षित परिणामलाई मूर्त रुप दिएको छ ।

दविरको भनाई अनुसार यो थ्रिडी मुटुले रगत तान्न त सक्छ तर पूर्ण रुपले मुटुभित्र तानिएको रगत बाहिर फाल्न सक्दैन । वैज्ञानिकहरु मान्दछन् कि भविष्यमा यस दिललाई मानवीय शरीरमा प्रत्यारोपणका लागि प्रयोग गर्न सकिन्छ । दविरले दिएको जानकारी अनुसार अबको १० वर्षमा अस्पतालहरुमा मानवीय दिल प्रिन्ट हुनेछ । अबका दिनहरुमा यस थ्रिडी मुटुले रगत फाल्न सकोस् भन्नको लागि कार्य गर्नु आफ्नो लक्ष्य रहने पनि उनले बताए ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg